Logo बुधवार, श्रावण १३ गते २०८३
images

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना,बेहुलासहित १३ जना घाइते

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना,बेहुलासहित १३ जना घाइते

  • 2.7K
    SHARES

  • गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना,बेहुलासहित १३ जना घाइते

    बुटवल,माघ १ ।

    गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् ।

    कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

    जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको डीएसपी पाण्डेले बताए ।

    घाइते हुनेहरुमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय बेहुला कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन् ।

    त्यस्तै गरी घाइते हुनेहरुमा ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे,  २० वर्षीय नबिन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे छन् ।

    जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology