Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कबड्डीतर्फ कालिका र भलिवलमा न्यु होराईजन बिजयी

कबड्डीतर्फ कालिका र भलिवलमा न्यु होराईजन बिजयी

  • 1.6K
    SHARES

  • कबड्डीतर्फ कालिका र भलिवलमा न्यु होराईजन बिजयी

    बुटवल, पुस ६।

    कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत कबड्डी तर्फ छात्र-छात्रा दुबैमा कालिका मानवज्ञान मावि प्रथम भएको छ । शुक्रबार भएको फाईनल प्रतिस्पर्धामा कड्डी तर्फ छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम, नविन औद्योगीक मावि द्धितिय र न्यु होराईजन मावि तृतिय भएका हुन ।

    यस्तै छात्रतर्फ कालिका मानवज्ञान मावि प्रथम द्धितिय, न्यु होराईजन मावि र तृतिय होराईजन जिविएस भएका हुन । यस्तै भलिवल तर्फ छात्र छात्रामा न्यु होराईजन मावि विजयी भएको छ । छात्र तर्फ न्युहोराईजन प्रथम, कालिका मानवज्ञान मावि द्धितिय र जनज्वोति मावि तृतिय भएका हुन ।

    छात्रा तर्फ न्यु होराईजन प्रथम , एभरेष्ट ईग्लीस बोडीङ्ग स्कुल द्धितिय र कुवरवर्ती मावि तृतिय भएका छन् । प्रतियोगीतामा उत्कृष्ठ खेलाडी छात्र तर्फ न्य होराईजन माविका रुपेश नेपाली पुरस्कृत भएभने छात्रा तर्फ एलिना चौधरी न्यु होराईजन माविकै भईन् । भलिवल तर्फ उत्कृष्ठ प्रशिक्षकको रुपमा उदय बम मल्ल लाई पुरस्कृत गरियो । कब्ड्डी तर्फ सलामुद्धिन अन्सारी र रोशनी सारु उत्कृष्ठ खेलाडीको रुपमा पुरस्कृत भए । कबड्डी तर्फ कालिका मानवज्ञान माविका प्रशिक्षक हरि बहादुर वली उत्कृष्ठ भए ।

    विजेता विद्यार्थीहरुलाई नगर खेलकुद विकास समिति बुटवलका अध्यक्ष बोनिन पिया, कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले सिल्ड, मेडल, प्रमण पत्र, कप प्रदान गरेका थिए । यस्थै एथ्लेटिक्स तर्फ पशुपती मावि प्रथम भएको छ । ४ स्वर्ण, ४ रजत र ३ कास्य सहित प्रथम भएको हो । द्धितिय कालिका मानवज्ञान मावि भएको हो । ३ स्वर्ण, २ रजत, ३ कास्य सहित कालिका द्धितिय भएको हो ।

    यस्तै जनज्वोति मावि तृतिय भएको छ । ३ स्वर्ण प्राप्त गरेको थियो । कालिका मानवज्ञान माविको बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शनिवार विहान १० बजे सेक्टर २ रामनगरमा प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा विद्यालयमा स्थापित छात्रावृती अक्षयकोषबाट छात्रवृत्ती वितरण सहितका कार्यक्रम आयोजना हुने छ । भने समापन समारोह पुस ७ गते विहान ९ बजे कालिका मानवज्ञान मावि सेक्टर १ कालिका नगरमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology