Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल मेलामा गायीका समीक्षाले नचाईन दर्शक

बुटवल मेलामा गायीका समीक्षाले नचाईन दर्शक

  • 1.4K
    SHARES

  • बुटवल मेलामा गायीका समीक्षाले नचाईन दर्शक

    बुटवल,पुस ५ ।

    धनगढीको बसमा, आउँदा मलाई ल्याईदिनु चट्ट कालो चस्मा…, ‘कस्तो जोड जुराईदियौ धन्य प्रभु धन्य…’ गायिका समिक्षा अधिकारीले यी गित गाईरहँदा दर्शक दिर्घाबाट पाएको साथले उनलाई थप हौसला बढायो

    शुक्रबार औद्योगिक व्यापार मेला बुटवल २०८१ मा आएकी गायिक समिक्षाले आफूले गाएका धेरै गित गाएर दर्शकलाई भरपुरमनोरञ्जन प्रदान गरिन्

    मेलामा समिक्षा आउने भएपछि दर्शकको पनि भिड बढेको थियो समिक्षाले गित गाईरहँदा दर्शक उनको गितसंगैनाचेर, गाएर, हुटिङ् गरेर साथ दिएका थिए मेलामा दर्शकको भिडले आयोजकलाई पनि फुक्र्याएको थियो IMG_5432.jpeg

    बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा भएको औद्योगिक व्यापार मेलामा शुक्रबार समिक्षासहित लालमायाँ थापा, सम्झना रणपाल, श्रीकृष्ण अर्याल, भुवन अधिकारी मिसन मगर लगायतका कलाकारकोप्रस्तुती रहेको थियो

    यहि पुसको १८ गतेसम्म चल्ने मेलामा भोलि शनिबार लोक तथा दोहोरी गायक पशुपती शर्मा, प्रचण्ड जिसी, चेतनाथापा, रितु थापा, डान्सर परि क्षेत्री संगै स्थानीय अरोक्ष ब्राण्डको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजुले नागरिक अनलाइनलाइ जानकारी गराए

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, पौष ५ २०८१०८:२८:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology