Logo बिहिवार, आश्विन १ गते २०८३
images

भद्रकालीको आकासे पुलछेउमा बस पल्टियाे,३ जना घाइते

भद्रकालीको आकासे पुलछेउमा बस पल्टियाे,३ जना घाइते

  • 2.3K
    SHARES

  • भद्रकालीको आकासे पुलछेउमा बस पल्टियाे,३ जना घाइते

    काठमाडौं,माघ १ ।

    रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो

    बसमा तीन जना सवार थिए ।घाइते हुनेहरूमा चालक, सहचालक र एक यात्रु छन्।  घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

    बस पल्टिएपछि केहीबेर उक्त सडक खण्डमा सवारी जाम भएको थियो। अहिले भने अवस्था सामान्य भइसकेको  छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology