बुटवल,मंसिर ३० ।
नेपाल पत्रकार महासंघको सम्पन्न अधिवेशनबाट केन्द्र, प्रदेश र जिल्लाका विभिन्न पदमा निर्वाचित पत्रकारहरूलाई बुद्ध सामुदायिक टेलिभिजनले सम्मान गरेको छ ।
आज एक कार्यक्रमका बिच निर्वाचित पत्रकारहरूलाई टीका तथा खादाले सम्मान गर्दै बधाई ज्ञापन गरेको छ ।
सम्मानित हुनेमा केन्द्रीय सदस्यमा निर्वाचित रामराज पोख्रेल, लुम्बिनी प्रदेश परिषद् सदस्यमा सिइयो कपिल ज्ञवाली, केन्द्रिय परिषद् सदस्यमा निर्वाचित कमला अधिकारि, छाया पन्थ, त्यस्तैगरि रुपन्देही जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित कल्पना डुम्रे , ललित कुमार पाण्डेय, रबिन्द्र प्रताप गुप्ता, राम भण्डारी, दिनेश कुमार श्रेष्ठ र अनिता चौधरी छन् ।
कार्यक्रममा टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले पत्रकारिता गर्दा निष्पक्ष र समुदाय केन्द्रित हुनुपर्नेमा जोड दिएकाछन् । ‘पत्रकारले सधैं निष्पक्ष भएर जनतालाई सत्यतथ्य जानकारी दिनुपर्छ, ’उनले भने ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य तथा बुद्ध सामुदायिक टेलिभिजनका सल्लाहकार रामराज पोख्रेलले निर्वाचित हुनुभन्दा बढी कार्यकालको सफलता र प्रभावकारीतामा जोड दिए ।
‘समाजमा सकारात्मक परिवर्तन ल्याउनपत्रकारहरूले आफ्नो कार्यकाललाई जिम्मेवारीपूर्ण बनाउनुपर्छ,’ उनले भने ।
वरिष्ठ पत्रकार हरिश ढकालले निर्वाचित पत्रकारहरूलाई महासंघ र पत्रकारिताको मर्यादा कायम राख्नका लागि गम्भीरताका साथ काम गर्न सुझाव दिए ।
कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली, सचिव जेबी गुरुङ, प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली लगायतले भनाइ राखेका थिए ।
मंसिर २८ गते सम्पन्न अधिबेशनबाट महासंघका बिभिन्न शाखामा बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत १७ जना पत्रकारहरु अधिवेशनबाट निर्वाचित भएको टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)