Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रथम सहिद लखन थापामगर स्मृति भलिबल प्रतियोगिता हुने

प्रथम सहिद लखन थापामगर स्मृति भलिबल प्रतियोगिता हुने

  • 723
    SHARES

  • प्रथम सहिद लखन थापामगर स्मृति भलिबल प्रतियोगिता हुने

    बुटवल,मंसिर २४ ।

    बुटवलमा नेपालका प्रथम सहिद लखन थापामगर स्मृतिमा पहिलोपटक भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं ७ इकाई समितिले बुटवलमा सोमबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो ।

    मगर समुदायको मौलिक पर्व मंसिर पूर्णिमा बाजेबजै पूजाको अवसर पारेर प्रतियोगिताको आयोजना गर्न लागिएको नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं ७ इकाई समितिका अध्यक्ष कुमार रानामगरले जानकारी दिनुभयो ।

    क्लब स्तरीय प्रतियोगितामा प्रथम हुनेले तीस हजार, द्वितीय हुनेले बीस हजार, तृतीय हुने टिमले दश हजार र सान्त्वनाले पाँच हजार रुपैयाँ राशी सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने समितिका संरक्षक कृष्ण थापा झँेडि मगरले जानकारी दिनु भयो ।

    सोह्र टिम सहभागी हुने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने वेष्ट प्लेयर, स्पाइकर, डिफेन्सर लगायत छ वटा विधामा उत्कृष्ट हुने हरेक खेलाडीलाई नगद दुई हजार रुपैयाँले सम्मान गरिने आयोजकले जानकारी गराएको छ ।

    आयोजकका अनुसार एफ। आई। भि। बि। नियम अनुसार खेलाईने भलिबल प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता २६ गतेबाट सुरु भएर ३० गते फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

    सो अवसरमा नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगर, नेपाल मगर संघ बुटवल उपमहानगर वडा नं ७ इकाइ समितिका अध्यक्ष सूर्य गाहामगर, आयोजक समितिका सचिव सोनु रानामगर लगायतले बोल्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology