Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका संघसंस्थाहरूले भने - ‘बुटवलको मेला हामी सबैको हो’

रुपन्देहीका संघसंस्थाहरूले भने - ‘बुटवलको मेला हामी सबैको हो’

  • 1.2K
    SHARES

  • रुपन्देहीका संघसंस्थाहरूले भने - ‘बुटवलको मेला हामी सबैको हो’

    बुटवल,मंसिर २३ ।

    रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् ।

    बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलाका सन्दर्भमा सोमबार मेला स्थल बुटवल मण्डपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीका संस्थाहरुले मेला सबैको भएकाले यसको अपनत्व सबैले लिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेला तयारीका बारेमा जानकारी गराउनुभयो । उहाँले मेला सञ्चालनका क्रममा गर्नुपर्ने थप तयारीका कुराहरुमा समेत सुझाव दिन आग्रह गर्नुभयो ।

    त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, त्यसैगरी रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बुटवलमा यहाँका तीन वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्दै आएको र एउटाले गर्ने मेलामा अर्को संस्थाको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।sachibalaya.jpg

    त्यसैगरी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले मेलाको अवलोकनकर्ता बढाउनेगरी योजना बनाउन सुझाव दिँदै पछि समस्या नआउने गरी सुरुमै सचेत हुन आग्रह गर्नुभयो । त्यसैगरी होटल तथा पर्यटन व्यवसायी माधव नेपालले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्नेगरी मेलामा समेट्न आग्रह गर्नुभयो ।

    साे अवसरमा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी,खिमप्रसाद भट्टराइ कृष्ण,कृष्ण बेल्बासे, लगायतले बाेल्दै उपभोक्तामैत्री मेला व्यवस्थापनमा जोड दिनुभयो । कार्यक्रममा यस क्षेत्रको विभिन्न व्यवसायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology