Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल कालिका क्याम्पसमा रक्तदान, १ सय २ पिन्ट रगत संकलन

बुटवल कालिका क्याम्पसमा रक्तदान, १ सय २ पिन्ट रगत संकलन

  • 1.0K
    SHARES

  • बुटवल कालिका क्याम्पसमा रक्तदान, १ सय २ पिन्ट रगत संकलन

    बुटवल,मंसिर २३ ।

    बुटवल कालिका क्याम्पसमा भएको रक्त्तदान कार्यक्रममा १ सय २ युनिट रगत संकलन भएको छ । ११ औं बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत रक्त्तदान कार्यक्रम भएको हाे ।

    रक्तसञ्चार सेवा केन्द्र बुटवलको सहजीकरणमा भएको रक्तदान कार्यक्रम ऋषिराम डुम्रेको अध्यक्षता तथा क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, उपाध्यक्ष नित्यानन्द ज्ञवाली, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक शंकर गाैतमले जानकारी दिए ।

    त्यस्तै क्याम्पसमा आज बृहत प्रदर्शनी भएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले समाज परिवर्तन, सामुदायिक बिकास, प्रबिधि, बजार लगायतको प्रदर्शनी गरेका थिए ।

    निशुल्क अँखा शिविरबाट २ सय ५० जना लाभान्वित भएका छन ।नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र बिज्ञान अध्ययन सस्थान, श्री रणअम्बिका अँखा अस्पतालले सहजीकरण गरेको कार्यक्रम संयोजक इवराज तिवारीले जानकारी दिए । त्यस्तै १ सय ३ जनाले दन्त परिक्षण गराएका छन । दन्त परिक्षणमा सिटि हव डेन्ट्लले सहजीकरण गरेको थियो ।

    blooddd.jpg

    त्यस्तै अन्तर क्याम्पस स्तरीय वादविवाद प्रतियोगितामा प्रथम न्यु लाइट कलेजका सुधा खराल द्वितीय बुटवल बहुमुखी क्याम्पसक्कि सलिना अर्याल र तृतीय सिद्धार्थ गौतमबुद्ध क्याम्पस मोनिका तामाङ भएको कार्यक्रम संयोजक शर्मिला पाण्डेले जानकारी दिइन । त्यस्तै बेलुन फुकाउने लगायत भलिबल, डोरी तान्ने, कबड्डी, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु सकिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशमराज शर्माले जानकारी दिए ।

    लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिद्वारा उद्घाटन भएको ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको समापन लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्ने क्याम्पसले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology