Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेदिनीका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

मेदिनीका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

  • 2.8K
    SHARES

  • मेदिनीका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

    बुटवल,पुस २९।

    रुपन्देहीको तिलोत्तमा–६ बाह्रनम्बरमा रहेको मेदिनी आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि जाडोको न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

    बालबालिका तथा विद्यार्थीको सहयोगका लागि स्थापित किवानीज क्लव अफ रुपन्देही लुम्विनीले मेदानी आधारभुत विद्यालयमा रहेका करिव एक सय विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि किवानीजले विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट र कपि कलम सहयोग गरेको हो ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगत पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक मनोज धिताल, क्लवका निर्वतमान अध्यक्ष सुरज पंगेनी, कार्यवहाक अध्यक्ष कमल कंडेल, विद्यालयका प्रधानाध्यापक सिता पौडेल लगायतले साना–साना बालबालिकाहरु अध्ययन गर्ने मेदानी विद्यालयका विद्यार्थीलाई विभिन्न सामाजिक संघसंस्थाले गर्ने सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै सानो सहयोगले विद्यार्थीमा शैक्षिक अध्ययनमा ठुलो हौसला मिलेको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology