बुटवल,मंसिर २० ।
कास्कीको पोखरामा सेती नदी जलविद्युत् परियोजनाबाट व्यवसायीक विद्युत् उत्पादन सुरु गरिएको छ । गतअसोजदेखि नै उक्त परियोजनाबाट परिक्षण उत्पादन सुरु भएको थियो । त्यसमा २७ कात्तिकबाट परियोजनाको व्यवसायीक उत्पादन गणना गर्ने गर्ने गरि नेपाल विद्युत् प्राधिकरणले सोमबार निर्णय गरेको हो ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीले पाँच अर्ब रुपैयाँ लगानीमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा २५ मेगावाटको परियोजना बनाएको हो । २०७७ को अन्तिमबाट यसको निर्णय सुरु गरिएको थियो ।
कम्पनीले चार बर्षमै परियोजना सञ्चालनमा ल्याएको हो । परिक्षण उत्पादन सफल भएपछि थप कानुनी प्रक्रिया पुरा गरेर कम्पनीलाई व्यवसायीक उत्पादनको स्वीकृत दिएको बिभागको भनाइ छ । बिहीबार यस सम्बन्धी पत्र प्राप्त भएको बताउँदै कम्पनीको अध्यक्ष जगत पोखरेलले प्राधिकरणको निर्णय स्वागत योग्य भएको बताए ।
‘यो सँगै अब कम्पनीको आम्दानी पनि सुरु भएको छ । साथै, परियोजना सञ्चालनमा आउँदा राष्ट्रियप्रसारण प्रणालीमा विद्युत्को आपुर्ति थप बढ्ने छ,’ उनले भने, ‘अब लगानीकर्ताले पनि लाभांश पाउने सम्भावना बढेकोछ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)