बुटवल,मंसिर २० ।
तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले सेवाग्राहीको घर-घर मै गई रगतको नमुना संकलनको कार्य शुरु गरेको छ ।
चिकित्सक सहित प्रभावकारी उपचार सेवालाई केन्द्रविन्दुमा राखेर सेवारत अस्पतालले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर होम कलेक्सन अर्थात घर घर मै गई रगतको नमुना संकलन कार्यको शुरुवात गरिएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।
उनका अनुसार रगतको नमुना संकलनका लागी १ दिन अगावै सेवाग्राहीले अस्पतालको पैसा नलाग्ने टोल फ्रि नम्बर १८१०५०००१४४ मा सम्पर्क गरि नाम दर्ता गराउनुपर्ने हुन्छ । साथै रगतको नमुना संकलनको काम हरे्क दिन बिहान ७ बजेदेखि १० बजेसम्म गरिनेछ । रगतको नमुना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसारको हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिए ।
नमुना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसार हुने तथा भुक्तानीका लागी क्यूआर अथवा सिधै नगद मार्फत पनि गर्न सकिने भट्टराईले जनाए । उनका अनुसार संकलित रगतको रिर्पोट इमेल वा वाट्सएप मार्फत सिधै उपलब्ध गराइने छ ।
हाललाई भने रगत संकलनको कार्य तिलोत्तमा नगरपालिका भित्रका १७ वटा वडाहरूमा लागु गरिएको र विस्तारै रुपन्देही लगायत अन्य स्थानीय पालिकाहरुमा समेत रगतको नमुना संकलनको कार्यलाई विस्तार गरिने अस्पताल प्रशासनले जनाएको छ । सार्वजनिक विदाको दिन भने नमुना संकलनको काम गरिने छैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)