Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दलित सञ्जाल सैनामैनाद्वारा खाद्यान्न हस्तान्तण तथा आर्थिक सहयोग

दलित सञ्जाल सैनामैनाद्वारा खाद्यान्न हस्तान्तण तथा आर्थिक सहयोग

  • 2.9K
    SHARES

  • दलित सञ्जाल सैनामैनाद्वारा खाद्यान्न हस्तान्तण तथा आर्थिक सहयोग

    सैनामैना, भदौ २२-

    दलित सञ्जाल सैनामैना रुपन्देहीले खाद्यान्न हस्तान्तण तथा आर्थिक सहयोग गरेको छ ।

    ट्रकको ठक्करबाट दुर्घटनामा परि मृत्यु भएका सैनामैना ५ बुद्धनगर निवासी स्व.बिनोद बिक र करेन्ट लागेर मृत्यु भएका सैनामैना ९ भुजेनी निवासी स्व.देब बहादुर बि.कको परिबारलाई सञ्जालले नगद र खाद्यान्न गरि तिस हजार बराबरको राहात सामाग्री आज सहयोग गरेको हो ।

    स्व. बिक र सार्की दुबैको घर परिवार आर्थीक रुपमा कमजोर भएको र  दैनिक छाक टार्न समेत असहज भएकाले सञ्जालले आफ्नो तर्फबाट र दलित समुदायका व्यक्तिहरुको सहयोग स्वरुप जम्मा भएको रकम तथा जिन्सी सामाग्री हस्तान्तरण गरिएको सञ्जालका उपाध्यक्ष कुमार नेपालीले जानकारी दिनुभयो ।

    कार्यक्रममा सञ्जालका अध्यक्ष बरालको नेतृत्वमा समितीका सल्लाहाकार,पदाधीकारी र कार्यसमिती सदस्य, वडा दलित जनप्रतिनीधिहरु लगायतको उपस्थिती रहेको थियो । सञ्जालले स्थापना काल देखिनै नगर भित्र रहेका दलित समुदायको क्षेत्रमा काम गर्दै आएकाले आगामि दिनमा पनि दलितहरुको आर्थीक समृद्धि तथा सामाजिक बिकासमा जोड दिने  सञ्जालका अध्यक्ष सुरज बरालले बताउनुभयो ।

    स्वर्गिय  बि.क र सार्की दुबै परिवारले सञ्जाललाई र सहयोगी मनहरुलाई धन्यवाद दिनुभएको थियो भने दुबै कार्यक्रमको सञ्चालन सञ्जालकी उपाध्यक्ष अम्बिका परियाले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, भाद्र २२ २०७७०८:१३:३५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology