Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जी न्यूजकोआपत्तिजनक रिपोर्ट-‘सगरमाथामा भारतले दाबी गर्दै नाम ‘राधानाथ सिकदर’राख्नुपर्छ’

जी न्यूजकोआपत्तिजनक रिपोर्ट-‘सगरमाथामा भारतले दाबी गर्दै नाम ‘राधानाथ सिकदर’राख्नुपर्छ’

  • 4.9K
    SHARES

  • जी न्यूजकोआपत्तिजनक रिपोर्ट-‘सगरमाथामा भारतले दाबी गर्दै नाम ‘राधानाथ सिकदर’राख्नुपर्छ’

    बुटवल,पुस २९।

    नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी भारतीय न्यूज च्यानल जी न्यूजले आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो ।

    जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।

    चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

    चौधरी तिनै व्यक्ति हुन् जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology