Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा एमालेकी भण्डारी ( बुढा ) विजयी

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा एमालेकी भण्डारी ( बुढा ) विजयी

  • 984
    SHARES

  • बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा एमालेकी भण्डारी ( बुढा ) विजयी

    बाजुरा,मङ्सिर १७ ।

    बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा ) विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उहाँ विजयी हुनुभएको हो । 

    उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार पुल्तीसरा शाहीले एक हजार ४७४ र एकीकृत समाजवादी पार्टीका उम्मेदवार जवा शाहीले ५५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका बाजुराले जनाएको छ ।यहाँको जम्मा मतदाता सात हजार ४६० थियो । यसमा तीन हजार नौ सय तीन मत खसेको थियो । तीन हजार ७६७ मत सदर र १३६ मत बदर भएको छ ।

    नौ वटा मतदान स्थल रहेको सो गाउँपालिकाको उपनिर्वाचनमा  आइतबार बिहान सात देखि मतदान सुरु भएर बेलुकी पाँच बजे सम्म शान्तिपूर्वक रूपमा उपनिर्वाचन सम्पन्न भएको थियो ।यहाँको नौ वटै मतदान स्थलबाट यती बेला ५२.३१ प्रतिशत मत सखेको थियो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको लागि भएको उप निर्वाचनमा तीन जनाको निकै प्रतिस्पर्धा भएको थियो । 

    यहाँ नेकपा एमालेबाट  सुलोचना बुढा (भण्डारी), नेपाली काँग्रेसबाट , पुल्लीसरा शाही एकिकृति सामवादीबाट जवा शाही उपाध्यक्षका लागि उम्मेदवार थिए । २०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि यस स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।

    अहिले नेकपा एमालेकी सुलोचना बुढा (भण्डारी) निर्वाचित भएपछि यहाँ खाली भएको उपाध्यक्षको पद पूर्ति भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology