बुटवल,मंसिर १६ ।
विश्व एड्स दिवसको अवसरमा रुपन्देहीमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ ।
एचआईभि एड्सको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा भएको उक्त प्रतियोगितामा मायादेवी गाउपालिका प्रथम भएको छ ।
प्रतियोगितामा कञ्चन गाउपालिका द्वितीय, देवदह नगरपालिका तृतीय र मर्चवारी गाउपालिका सान्त्वना भएका छन् । प्रतियोगितामा रुपन्देहीका १६ वटै पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम भएको मायालेवी गाउपालिकालाई ८ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तैगरी द्वितीय भएको कञ्चनलाई ६ हजार, तृतीय भएको देवदहलाई ४ हजार र सान्त्वनामा समेटीएको मर्चवारी गाउपालिकालाई नगद २ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
उनीहरुलाई पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले एचआईभि संक्रमित खुलेर आउने हो भने उनीहरुको व्वस्थापनमा सहयोग गर्न सहज हुने बताउनु भयो । उहाँले संक्रमितलाई सीपयुक्त तालिम प्रदान गर्न र रोजगारी व्वस्थापनमा पनि सहज हने भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले एचआईभि एड्सका विरुद्धको अभियानलाई प्रभावकारी बनाउदै संक्रमितको जीवनस्तर सुधारका लागि पालिकाले काम गर्नुपर्ने भनाई राख्नुभयो । उहांले त्यसैको वातावरण निर्माणका लागि कार्यक्रम गरिएको भनाई राख्नुभयो ।
बुटवल उपमहानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवाली, सेभ द चिल्ड्रेनका सुवास श्रेष्ठ, किड्सका निराजन पोखरेल, एएचएफका धर्मराज भट्टराई, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एचआईभि फोकल प्रसन भिम ज्ञवाली लगायतले भनाई राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले जिल्लामा एचआईभिको क्षेत्रमा काम गर्ने संघसंस्थालाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)