बुटवल,मंसिर १५ ।
बुटवलमा जारी रुपन्देही डान्स स्टारको चौथो संस्करणको फाइनलमा २० जना पुगेका छन् । अडिसनमा सहभागि १०२ जनाबाट ओपन राउन्डमा ६० जना भएका थिए भने सेमिफाइनलमा ४० जना र यसबाट फाइनलका लागि २० जना छनोटमा परेका हुन् ।
छमछमी कला केन्द्रको आयोजनामा मंसिर ५ गते शनिबार देखि बुटवलमा रुपन्देही डान्स स्टार सिजन ४ शुरू भएको हो ।
प्रतियोगितामा अडिसनमा सहभागि १०२ जनाबाट ६० जना छनोट भई ओपन राउन्डमा पुगे भने ओपनबाट २० जनाको विदाइ गरेर ४० जना सेमिफाइनलका लागि छनोट भएको छमछमीका संचालक किशोर थापाले बताए । उनले नागरिक अनलाईनसंग भने -‘सहभागि १०२ जनाबाट ६० जना हुँदै ४० र सेमिफाइनलमा सहभागि ४० बाट २० जना फाइनल चरणका लागि छनोट भएका छन् ।
सेमिफाइनल राउन्डको निर्णायकमा नृत्य निर्देशक अनु रजक,अनु गुरूङ रहेका थिए । ’प्रतियोगितामा सिंगल डान्स मात्र राखिएको उनले बताए । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उद्धेश्यका साथ डान्स स्टार चलाइएको हाे ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि उपविजेताले ३० हजार, तृतियले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने उनले बताए ।
एक महिनासम्म विभिन्न चरण हुदै चल्ने प्रतियोगितामा नेपाली र अग्रेजी गीतमामात्र प्रतियोगीले आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए ।
नृत्य प्रतियोगिताको नाममा बजारमा बिकृति छाएको भन्दै उनले यो प्रतियोगितामा वर्कसप, एसएमएस भोटिङ जस्ता कुनै पैसा उठाउने काम नगर्ने दाबी गरे । यसपछि हुने फाईनलमा भने निर्णायकको ६० प्रतिशत र प्रवेशवापत दर्शकको टिकटको भोटिङ ४० प्रतिशत निर्णायक हुनेछ ।
आजको सेमिफाइनल राउन्डमा गार्गी एकेडेमीका सल्लाहकार राजेन्द्र ढकाल,प्राचार्य भुवन अधिकारी ,कलाकार बिजय सापकोटा लगायतले बोल्दै प्रतियोगितामा सहभागि भएका कलाकार भाइबहिनीले राम्रो प्रफम गरेको बताए । प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिईन ।
अब फाइनल पुस ६ गते शनिबार लुम्बिनी बाणिज्य क्याम्पस देवीनगरमा हुनेछ ।
यी हुन् फाइनलमा पुगेका प्रतिस्पर्धीहरु :
यी समाचारहरु पनि हेरौं :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)