Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘राज्यको वार्षिक बजेट ब्यवसायमुखी नहुदा समस्या’

‘राज्यको वार्षिक बजेट ब्यवसायमुखी नहुदा समस्या’

  • 1.4K
    SHARES

  • ‘राज्यको वार्षिक बजेट ब्यवसायमुखी नहुदा समस्या’

    तिलोत्तमा,मंसिर १५ ।

    रुपन्देहीका उद्योगी ब्यवसायीहरुले औद्योगिक तथा ब्यवसायिक क्षेत्रको बिकास र निजी क्षेत्रलाई चलायमान बनाउन विद्यमान नीति तथा कानुनलाई परिमार्जन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । उनीहरुले राज्यले उद्यमी ब्यवसायीहरुलाई औद्योगिक तथा लगानी सुरक्षाको प्रत्याभूति दिलाउंदै निर्यात तथा आयात प्रतिस्थापन योग्य वस्तुको उत्पादन र विविधिकरणमा जोड दिनुपर्ने बताएका छन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुर स्थित तिलोत्तमा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ११ औं वार्षिक साधारणसभामा बोल्ने उद्योगी ब्यवसायीहरुले राज्यको वार्षिक बजेट ब्यवसायमुखी नहुने, बित्तिय संस्थामुखी मौद्रिक नीति, राजनैतिक अस्थिरथा, युवा बिदेश पलायन जस्ता समस्याका कारण उद्योग ब्यवसाय चलायमान हुन नसकेको गुनासो गरे ।

    साधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले निजी क्षेत्रको विकास विना राज्यको कुनै पनि क्षेत्रको विकास सम्भव नहुने भन्दै निजी क्षेत्रलाई चलायमान र गतिशिल वनाउने दायित्व राज्यको भएको बताउनुभयो ।

    कोभिड १९ पछि संसारकै अर्थतन्त्र मरिच जस्तै खुम्चिएको प्रसंग उल्लेख गर्दै नगर प्रमुख खाँणले उद्योग ब्यवसाय लयमा चल्नका लागि धेरै कम्पोनेन्ट मिल्नुपर्नेमा नेपालमा अर्थमन्त्री एकातिर राष्ट्र बैंक अर्कोतिर, भन्सार एकातिर प्रमुख जिल्ला अधिकारी अर्कोतिर, सरकार एकातिर विद्युत प्राधिकरण अर्कोतिर भएका कारण उद्योग ब्यवसाय सफल, गतिसिल र चलायमान हुन नसकेको बताउनुभयो ।  

    नेपाली उद्योग ब्यवसाय मा हस्तान्तरण र पुस्तान्तरणको समस्या रहेका कारण पनि उद्योग ब्यवसाय चलायमान हुन नसकेको भन्दै तिलोत्तमाको उद्योग ब्यवसायलाई चलायमान बनाउनका लागि तिलोत्तमा नगरपालिका निजी क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योग ब्यवसायच चलेन भन्ने मानसिकताका कारण उद्योगी ब्यवसायी हतोतसाही भएको भन्दै स्थानीय पालिकाले उद्योगी ब्यवसायीको मनोवल उचो वनाउन स्थानीय पालिकाले ब्यवसायीसंग लिने गरेको ब्यवसायीक कर मिनाह गर्न आग्रह गर्नुभयो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले नेपालको अर्थतन्त्र, उद्योग ब्यवसाय विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा आगामी दिनमा सुधार आउंछ भन्ने आशा र अपेक्षा सहित आफ्नो पेशा ब्यवसायलाई जगेर्ना गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।   नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजुले अस्थिर राजनीतिका कारण मुलुकको उद्योग ब्यवसायले गतिलिन नसकेको भन्दै बुटवल नारायणगढ सडकको दुरावस्थाका कारण उद्योगको लागत बढ्न गएकोले तत्काल सडक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले कोभिड पछाडी धरासायी भएको उद्योग ब्यवसायमा केही सुधारका संकेत देखा परेको भन्दै उद्योग ब्यवसायको संरक्षणका लागि भन्सार तथा कर प्रशासन उद्योगी ब्यवसायीसंग सहकार्य गरेर अगाडी बढ्रने बताउनुभयो । 
    तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा भएको साधारण सभामा, संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी (माधव), सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, तिलोत्तमा च्याम्वर अफ कमर्सका अध्यक्ष नेत्र न्यौपाने, नेकपा एकिकृत समाजवादी तिलोत्तमा नगर अध्यक्ष रामचन्द्र भटटराई, संघका वरिष्ठ उपाध्यक्ष सूरज पँगेनी, वाणिज्य उपाध्यक्ष विष्ण्णु भण्डारी, महासचिव राजकुमार पाण्डे लगायतले उद्योग ब्यवसाय क्षेत्रका समस्याका बारेमा चर्चा गर्नुभएको थियो ।

    साधारण सभाले अध्यक्ष र महासचिवको वार्षिक तथा कोषाध्यक्ष टिकाराम भण्डारीको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको उद्योग उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले जानकारी गराउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology