Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलवस्तु डान्स आईडलको मेगा अडिसन सकियाे,१५ जना फाइनलमा

कपिलवस्तु डान्स आईडलको मेगा अडिसन सकियाे,१५ जना फाइनलमा

  • 630
    SHARES

  • कपिलवस्तु डान्स आईडलको मेगा अडिसन सकियाे,१५ जना फाइनलमा

    कपिलवस्तु,मंसिर १५ ।

    कपिलवस्तु महोत्सव १५औं संस्करणको अन्तर्गत १३ औं कपिलवस्तु डान्स आईडलको मेगा अडिसन सम्पन्न भएको छ।

    शुक्रबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चार नम्बरमा आयोजित मेगा अडिसनमा २१ जना प्रतियोगीले सहभागिता जनाएका थिए, जसमा १५ जना प्रतिस्पर्धीका रूपमा छनोट भएर आईडलको मुख्य स्टेजमा प्रस्तुति दिनका लागि चयन भए।

    आईडलको संयोजक विष्णु मल्लले मेगा अडिसनबाट ६ जना प्रतिस्पर्धीलाई सम्मान सहित प्रमाणपत्र दिइ विदाई गरेको जानकारी दिइन्। प्रमुख निर्णायक हरिशरण रिजालका अनुसार अडिसनको पहिलो र दोस्रो चरणमा १५० जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए, जसबाट २१ जना मेगा अडिसनमा पुगेका थिए।

    चयन भएका १५ प्रतिस्पर्धी मंसिर २० गतेदेखि आफ्नो प्रस्तुति राख्नेछन्। डान्स आईडलको मुख्य उद्देश्य नृत्य क्षेत्रमा भविष्य बनाउने प्रतिभालाई पहिचान गर्ने हो। आईडलमा प्रतिस्पर्धीहरूलाई नृत्यमा सुधार र निखार ल्याउने अवसर मिल्ने दाबी पनि गरिएको छ।

    आईडलको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ र चाँदीको ट्रफी प्राप्त गर्नेछन्, भने उपविजेताले ७७ हजार ७७७ र तृतीय स्थान प्राप्त गर्नेले ५५ हजार ५५५ रुपैयाँ पाउनेछन्। सान्तवना प्राप्त गर्नेले २५ हजार ५२५ र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन्।

    १५औं कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी भने मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा आयोजना हुनेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology