Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजदेखि नेपाल प्रिमियर लिग : सवा १२ बजे हुने उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

आजदेखि नेपाल प्रिमियर लिग : सवा १२ बजे हुने उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

  • 1.1K
    SHARES

  • आजदेखि नेपाल प्रिमियर लिग : सवा १२ बजे हुने उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

    बुटवल,मंसिर १५ ।

    आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदै छ । आगामी पौष ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ८ वटा टोलीहरू बिच प्रतिस्पर्धा हुने छ । 

    पहिलो दिन आज मध्यान्न १२ः१५ बजे हुने उद्घाटन खेलमा  विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगितामा जनकपुर बोल्टस्, विराटनगर किंगस्, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एजेन्जर्स्, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

    मार्की खेलाडीहरू सन्दीप लामिछाने विराटनगर किंगसका क्याप्टेन रहेका छन् भने करन केसी काठमाडौँ गुर्खाज, कुशल मल्ल चितवन राइनोज, कुशल भुर्तेल पोखरा एजेन्जर्स्, रोहित पौडेल लुम्बिनी लायन्स, सोमपाल कामी कर्णाली याक्स तथा सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका क्याप्टेन रहेका छन् । जनकपुर बोल्ट्समा आसिफ शेख मार्की प्लेयरका रूपमा रहेतापनि जनकपुर बोल्ट्सले अनिल साहलाई क्याप्टेन चयन गरेको छ । 

    लिग चरणका खेलहरू पुस १ गते सम्म सञ्चालन हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणका खेल १७ दिनमा सकिनेछ । लिग चरणमा दुई दिन विश्राम, दुई दिन एउटा खेल र बाँकी दिन २ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर १ र २ तथा पुस ६ गते फाइनल खेल हुनेछ। एनपिएलमा कुल ३२ खेल हुनेछन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology