Logo बुधवार, श्रावण १३ गते २०८३
images

बदलिदो सहकारीको १० औं वार्षिक साधारणसभा र चौथो अधिवेशन सम्पन्न,प्रकाश गैरे बने अध्यक्ष

बदलिदो सहकारीको १० औं वार्षिक साधारणसभा र चौथो अधिवेशन सम्पन्न,प्रकाश गैरे बने अध्यक्ष

  • 3.4K
    SHARES

  • बदलिदो सहकारीको १० औं वार्षिक साधारणसभा र चौथो अधिवेशन सम्पन्न,प्रकाश गैरे बने अध्यक्ष

    बुटवल,पुस २८-

    बदलिदो बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा र चौथो अधिवेशन भएको छ ।

    कार्यक्रममा वोल्ने सहकारी अभियान्ताहरुले बैकं तथा वित्तिय संस्थाका लगानी कर्ताहरुलाई आर्थिक अभाव हुन थालेपछि र सहकारीले सर्व सुलभ कर्जा प्रदान गर्न थालेकाले अतालियर सहकारीमा सकुचन गर्ने नीति ल्याउन सरकारलाई दवाव दिएको समेत बताएका छन ।

    कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक रामकृष्ण खांणले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने र उक्त लगानीवाट उत्पादित वस्तुको सहकारीले नै बजारी करण गर्ने व्यवस्थाउन मिलाउन माग गर्नु भयो । सहकारीले महिलाहरुको सशक्तिकरण र आर्थिक सम्बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउदै खांणले घरेलु हिंसा रोक्नका लागि टेवा पुराएको तर्फ राज्य संचालकहरु गम्भिर हुन माग गर्नु भयो ।

    साधारण सभाले अध्यक्ष प्रकाश गैरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामचन्द्र खड्काले प्रस्तुत गर्नु भएको आयव्ययको प्रतिवेदन र लेखा समितिका संयोजक हरि घिमिरेले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन पारित भएको सचिव वसन्ती न्यौपानेले बताउनुभयो ।

    कार्यक्रममा ५ नम्बर प्रदेश बचत तथा ऋण सहकारीका सचिव बसन्त ढकाल, बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुनाखर खनाल नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद वेल्वासे संस्थाका उपाध्यक्ष नर बहादुर रजाली लगायतले सहकारीले शेयर सदस्यहरुको नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुराएको धारणा राख्नु भएको थियो ।

    प्रकाश गैरेकै अध्यक्षतामा नेतृत्व सर्वसम्मत चयन :

    सहकारीको अधिवेशनवाट पुनः प्रकाश गैरेकै अध्यक्षतामा नयां नेतृत्व सर्वसम्मत चयन भएको छ । सहकारीको उपाध्यक्षमा नर बहादुर रजाली ,सचिवमा वसन्ती न्यौपाने कोषाध्यक्षमा तुल्सीराम पाण्डे चयन हुनु भएको निर्वाचन समितिका डिल बहादुर थापाले बताउनुभयो ।

    सहकारीको सदस्यमा गणेश वस्याल, अनिल कुमार पाण्डे सुशिल न्यौपाने, मीना घिमिरे, सत्यवती नेपाल, हरि प्रसाद उपाध्य र रामनारायण श्रेष्ठ चयन हुनु भएको छ ।त्यस्तै लेखा समिति संयोजकमा टोपलाल घिमिरे,सदस्यमा घनश्याम अर्याल र भूमीमाया राना चयन हुनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology