Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तोलामा २६ सयले घट्यो सुनको मूल्य

तोलामा २६ सयले घट्यो सुनको मूल्य

  • 1.2K
    SHARES

  • तोलामा २६ सयले घट्यो सुनको मूल्य

    काठमाडौं, मङ्सिर ११ ।

    मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।

    अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपियाँले घटेको छ । आज चाँदी १८ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology