Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एनपीएल : लुम्बिनी लायन्सको टिम कस्तो बन्यो,को-को छन् ?

एनपीएल : लुम्बिनी लायन्सको टिम कस्तो बन्यो,को-को छन् ?

  • 1.5K
    SHARES

  • एनपीएल : लुम्बिनी लायन्सको टिम कस्तो बन्यो,को-को छन् ?

    बुटवल,मंसिर ७ ।

    एनपीएल (नेपाल प्रिमियर लिग) फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले आगामी मंसिर १५ गतेदेखि हुने लिगका लागि प्रशिक्षण तयारी थालेको छ । उसले प्रशिक्षण स्थलका रूपमा रूपन्देहीमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान रोजेको छ । मैदानमा मुख्य प्रशिक्षक नन्दन फार्डिसले नेपाली खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । 

    हाम्रो बुद्धभूमि, हाम्रो लुम्बिनी भन्ने नाराका साथ अघि बढेको आफ्नो टिमको उद्देश्य लुम्बिनीलाई खेलका माध्यमबाट संसारभर चिनाउने रहेको क्लबका मालिक ईश्वर जीसीले बताए । उनले टिमका नाममा लुम्बिनी जोडिनुले नै सकारात्मक तथा पवित्र भाव सिर्जना गर्ने भएकाले खेलाडीलाई ऊर्जासमेत हुने विश्वास लिएको बताए ।

    शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको उपवनस्थित मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ अघि लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको हो । क्लबका मालिक ईश्वर जीसी, लुम्बिनी लायन्सका ब्रान्ड एम्बासडर महानायक राजेश हमाल र गायिका आनीछोइङ डोल्माले संयुक्त रूपमा जर्सी सार्वजनिक गरे । जर्सी सार्वजनिकीकरणले लुम्बिनीको पहिचान र गरिमालाई थप उँचो बनाएको जीसीको भनाइ

    छ । हामीले लुम्बिनीको माटोमा जर्सी सार्वजनिक गर्न पाउनु गर्वको विषय बन्यो, उनले भने, बुद्धभूमिको पहिचानका लागि यो टिमको खेल अपरिहार्य हुनेछ ।

    टिममा नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलसँगै आशुतोष घिरोइया, सन्दीप जोरा, सूर्य तामाङ, दुर्गेश गुप्तालगायतका खेलाडी सम्मिलित छन् । साथै क्लबले आइतबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । ट्यालेन्ट हन्टबाट स्थानीय ४ खेलाडी टिममा समावेश गरिएको छ ।

     यस्ताे छ लुम्बिनी लायन्सको टिम :

    ओनर : फर्चुना हेल्थ केयर (इश्वर जिसी)
    मार्की प्लेअर : रोहित कुमार पौडेल
    अन्य खेलाडी : सन्दिप जोरा, सूर्य तामाङ, अर्जुन साउद, विवेक यादव, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, दिनेश अधिकारी, विकास आग्री, अभिषेक गौतम
    विदेशी खेलाडी : बेन कटिङ, टम मुर्स, उन्मुक्त चन्द, रामोन सिमोन्ड्स
    मुख्य प्रशिक्षक : नन्दन फाडनिस
    आइकोनिक प्लेखर : अरिफ खान
    कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
    ब्राण्ड एम्बासडर : राजेश हमाल

    लुम्बिनी लायन्सको खेलतालिका :

    डिसेम्बर ४ (मंसिर १९) : विराटनगर किङ्ससँग (दिउँसो १ः१५)
    डिसेम्बर ६ (मंसिर २१) : पोखरा एभेन्जर्ससँग (दिउँसो १ः१५)
    डिसेम्बर ७ (मंसिर २२) : सुदूरपश्चिम रोयल्ससँग (विहान ९ः१५)
    डिसेम्बर ८ (मंसिर २३) : जनकपुर बोल्ट्ससँग (विहान ९ः१५)
    डिसेम्बर १० (मंसिर २५) : चितवन राइनोजसँग (विहान ९ः१५)
    डिसेम्बर ११ (मंसिर २६) : काठमाण्डु गुर्खाजसँग (दिउँसो १ः१५)
    डिसेम्बर १३ (मंसिर २८) : कर्णाली याक्ससँग (विहान ९ः१५)Lumbini-Jersey-reveal.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology