Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी तिलोत्तमाद्वारा सिद्धि चिल्ड्रेनमा चाईल्ड एजुकेशन एण्ड लिट्रेसी प्रशिक्षण

रोटरी तिलोत्तमाद्वारा सिद्धि चिल्ड्रेनमा चाईल्ड एजुकेशन एण्ड लिट्रेसी प्रशिक्षण

  • 1.2K
    SHARES

  • रोटरी तिलोत्तमाद्वारा  सिद्धि चिल्ड्रेनमा चाईल्ड एजुकेशन एण्ड लिट्रेसी प्रशिक्षण

     बुटवल , मंसिर ६ ।

    विश्व वाल दिवसमा बालबालिकालाई चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण विश्व वाल दिवसको अवसरमा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले विद्यालयका बालबालिकालाई चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण गरेको छ ।

    विश्व वाल दिवसको अवसरमा क्लवले बुधबार बुटवल उपमहानगरपालिका वडा नं १२ स्थित सिद्धि चिल्ड्रेन एकेडेमीका विद्यार्थीलाई चाईल्ड एजुकेशन एण्ड लिट्रेसी सम्बन्धि प्रशिक्षण गरेको हो । विद्यालयमा आयोजना गरिएको कार्यक्रममा उद्घोषक प्रशिक्षक सुमन श्रेष्ठले वाककला, टोस्टो मास्टर बुटवलकी संस्थापक अध्यक्ष नेहा अग्रवालले बालमनोविज्ञान र प्रविधिको प्रयोग तथा नेपाल बैंक लिमिटेडका प्रशिक्षक शिवसुन्दर पोखरेलले वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिकका एसिस्टेन्ट गभर्नर सुमान गोपालाचार्यले बालबालिकालाई चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले यस्ता प्रशिक्षणले बालबालिकालाई औपचारिक शिक्षासंगै अतिरिक्त ज्ञानको समेत विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस अवसरमा क्लवका पूर्वअध्यक्ष तथा रोटरी डिष्ट्रिकका जोईन्ट सेक्रेटरी कृष्णप्रसाद शर्माले यस्ता कार्यक्रमले बालबालिकामा अतिरिक्त ज्ञानकोसंगै रोटरीसम्बन्धि समेत जानकारी हासिल गर्ने बताउनु भयो । कार्यक्रममा क्लवका अध्यक्ष देवीराम पाण्डेले विश्व वाल दिवसको अवसरमा वालबालिकालाई औपचारिक ज्ञानसंगै अतिरिक्त शिक्षाको लागि चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण गरिएको बताउँदै क्लवले यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो ।

    क्लवका सहकोषाध्यक्ष केवश कुवरको संयोजनमा भएको कार्यक्रममा क्लवका हेल्थ कमिटि चियर तथा उक्त विद्यालयका अध्यक्ष राजु गुरुङ, क्लवको सम्मानित सदस्य भुवनसिंह विश्वकर्मा, क्लवका सचिव अर्जुनप्रसाद आचार्य लगायतले भनाई राख्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology