बुटवल ,मंसीर ६ ।
एम्स कलेज, बुटवलले आफ्ना विद्यार्थीलाई डिजिटल रुपान्तरण विषयमा सेमीनार संचालन गरेको छ । बिद्यार्थीहरुलाइ प्रविधिमैत्री बनाउन समग्र शैक्षिक उन्नयन, बृत्ति बिकास र अर्थ उपार्जनकालागि डिजिटल रुपान्तरण विषयमा सेमीनार सम्पन्न गरेको हो ।
सेमीनारमा प्रशिक्षक आईडिया फ्यूजनका कार्यकारी निर्देशक एवं इड्राईभका अध्यक्ष राजकुमार गुप्ताले प्रशिक्षण दिनु भएको थियो । गुप्ताले सहभागीविद्यार्थीहरुलाई डिजीटल बजारीकरण त्यसको उपयोग र प्रभावको बारेमा अभिमुखीकरण गर्नुभयो ।साथै उहाँले कृतिम बोद्धिकताको प्रयोगको बारेमा जानकारी गराउदै फेसबुक, हवाट्स एप, इन्सटाग्राम जस्ता सामाजिक संजालबाट सिर्जनशिल कार्यहरुगरी अर्थ आर्जनका साथै वृत्तिविकाश गर्न सहभागीहरुलाई उत्प्रेरित गर्नु भयो ।
सामाजीक संजालको व्यापक प्रयोग र त्यसको सहि सदुपयोग नभैरहेको अवस्थामा अब विद्यार्थीहरुलाई त्यसको उचित उपयोग गर्दै ज्ञानको भण्डार बढाउन र अर्थ आर्जनको साधन बनाउन सिर्जनशिल कामकालागी ब्यवसायीक ट्रोल, मिडीया, रिल आदि बनाउन सिकाईने क्याम्पस प्रमुख दीपक ढकाल ढकालले बताउनुभयो ।

क्याम्पस प्रमुख दीपक ढकाल एवं प्राध्यापक गोविन्द शर्मा बस्यालको संचालनकमा भएको कार्यक्रममा स्कलर्स होम स्कुलका सहप्राचार्य टीकाराम गौतम, प्लस टु संयोजक चेत नारायण पन्थी स्टेरलाइङ्ग इन्टरनेशलन स्कुलका प्रमुख धिरेन राकस, सुरज शाक्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ६५ जनाविद्यार्थीहरुको सहभागीता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)