बुटवल,मंसिर ६ ।
पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन यहाँ आउने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)