Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दुई दिनमा प्रतितोला २१ सय रूपैयाँ बढ्यो सुनको भाउ

दुई दिनमा प्रतितोला २१ सय रूपैयाँ बढ्यो सुनको भाउ

  • 1.2K
    SHARES

  • दुई दिनमा प्रतितोला २१ सय रूपैयाँ बढ्यो सुनको भाउ

    काठमाडौं, मंसिर ४ ।

    नेपाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।सोमबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

    सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, मंसिर ४ २०८१११:२९:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology