Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जिल्ला अदालत काठमाडौँद्वारा रवि लामिछानेलाई पक्राउ अनुमति

जिल्ला अदालत काठमाडौँद्वारा रवि लामिछानेलाई पक्राउ अनुमति

  • 867
    SHARES

  • जिल्ला अदालत काठमाडौँद्वारा रवि लामिछानेलाई पक्राउ अनुमति

    काठमाडौँ, मङ्सिर ३ ।

    जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ ।

    न्यायाधीश शिशिरराज ढकालको इजलासले आइतबार लामिछानेलाई पक्राउ अनुमति दिएको हो । अदालतले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ अनुमति दिएको छ ।  

    गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई पक्राउ अनुमति जारी भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा लामिछाने र जोशीविरुद्ध अदालतले अनुमति दिएको अदालत स्रोतले बतायो । स्वर्णलक्ष्मी प्रकरणमा यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जिबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति प्रहरीले लिइसकेको छ । 

    लामिछाने र जोशी दुवै अहिले कास्की प्रहरी हिरासतमा हुनुहुन्छ । सहकारी बचत रकम हिनामिना प्रकरणमा दुवै जना अनुसन्धानका क्रममा पक्राउ पर्नुभएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा पक्राउ पर्नुभएको हो । अनुसन्धानका क्रममा दुवै जनालाई रुपन्देही पनि पुर्‍याइएको थियो ।

    सुप्रिम सहकारीको बचत रकम हिनामिनामा दुवै जनालाई बुटवल लगिएको थियो । सहकारी बचत रकम हिनामिनाको अनुसन्धानका लागि गठित संसदीय छानबिन समितिले गोर्खा मिडियामा रकम आएको तथ्य बाहिर ल्याएको थियो । यसपछि समितिले तत्कालीन सञ्चालकहरूलाई कारबाही सिफारिस गरेको थियो । पाँच वटा सहकारीबाट गोर्खा मिडियाको खातामा रकम सिधा जम्मा भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology