Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

  • 1.3K
    SHARES

  • नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

    काठमाडाैँ,मंसिर १ ।

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।

    काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्काले एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने जानकारी दिए । एनपीएलको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी टेलिभिजनहरू इच्छुक भए पनि क्यानले गुणस्तरका र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि भन्दै भारतीय च्यानल रोजेको हो ।

    यस्तै एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहने भएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology