Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा. चन्द्र भण्डारीले प्रचण्डलाई भने- ‘सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्‍याे !’

डा. चन्द्र भण्डारीले प्रचण्डलाई भने- ‘सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्‍याे !’

  • 1.4K
    SHARES

  • डा. चन्द्र भण्डारीले प्रचण्डलाई भने- ‘सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्‍याे !’

    काठमाडौं,कार्तिक २९ ।

    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेता भएर भ्रष्टाचार गर्नेलाई जेलमा राखेर मात्रै नपुग्ने बताएका छन्। सामुदायिक समाजवादको बहसमा बोल्दै आज नेता भन्नेबित्तिकै जनताले गाली गर्ने बताए।

    उनले भने, ‘नेता भनेको विश्वलाई चलाउने, जनतालाई निर्देशित गर्ने नेता नै भ्रष्टाचारी भयो भनेपछि देश कसरी चल्छ। भ्रष्टचार गर्नेले नेता भन्दा अर्को अपमान भयो। त्यसकारण भ्रष्टाचार गर्नेहरुलाई जेलमा राखेर मात्रै पुग्दैन प्रचण्डजी यो कुरा हामीले सुरु गर्नुपर्छ अब हामीले मुलुक बनाउने भए।’

    उनले प्रचण्डलाई अब लिनु केही नभएको भन्दै देश बनाउने अभियानमा लाग्न आग्रह गरे। उनले भने, ‘सिंगो दुनियाँलाई नचाउने र नाच्ने प्रचण्डजी यहाँ हुनुहुन्छ। धेरै कमलो बन्न भएन। म त सोझो सँगै बाँचौला सँगै मरौँला भनेपछि पग्लिए रे। यसरी पग्लिएपछि के हुन्छ मुलुक। यो पग्लिने बाटो छाड्नुपर्यो, देश रित्तिदै गइसक्यो। विदेशबाट ऋण लिएर नचल्ने विमानस्थल बनाएर देश चल्छ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology