Logo मंगलवार, श्रावण १२ गते २०८३
images

होटल पौवाले माघे संक्रान्तिमा परम्परागत परिकार खुवाउने

होटल पौवाले माघे संक्रान्तिमा परम्परागत परिकार खुवाउने

  • 5.5K
    SHARES

  • होटल पौवाले माघे संक्रान्तिमा परम्परागत परिकार खुवाउने

    बुटवल,पुस २८-

    माघे संक्रान्तिमा होटल पौवाले माघीको परिकार खुवाउने भएको छ ।

    माघ १ गते पौवाका सबै शाखाहरुमा परम्परादेखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवाले जनाएको छ ।

    पौवाका शाखामा स्थानीयले परम्परा देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाइने छ । 

    थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुनेछन् भने पाल्पा र योगीकुटी तिलोत्तमामा मगर समुदायको माघी स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध हुनेछन् ।

    परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको होटल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले नागरिक अनलाइनलाइ बताए ।maghi -Rupandehi.jpg

    होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ ।

    लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology