Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आईपिओ खोल्ने तयारीमा सिद्धार्थ केवलकार

आईपिओ खोल्ने तयारीमा सिद्धार्थ केवलकार

  • 1.4K
    SHARES

  • आईपिओ खोल्ने तयारीमा सिद्धार्थ केवलकार

    बुटवल,कात्तिक २८ ।

    सिद्धार्थ केवलकार लिमिटेडले आईपिओ खोल्ने तयारी गरेको छ । दशैंदेखि अनौपचारिक सञ्चालनमा आएको केवलकारले छिटै विशेष साधारण सभा गर्ने र विशेष साधारण सभा पछि आईपिओ खोलिने मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । 

    हाल सिद्धार्थ केवलकार लिमिटेडको चुक्ता पुँजी ६० करोड रहेको छ । त्यसलाई बृद्धि गरी एक सय करोड पुर्याईने कम्पनीका प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी गराए । उनका अनुसार अहिलेसम्म यो केवलकारमा १ अर्व १० करोड रुपैंया लगानी भईसकेको छ ।

    ‘सर्वसाधारणको लागि १५ करोड रुपैंयाको पब्लिक शेयर खोल्ने कुरा थियो । तर अब त्यो पनि बढाउने की भन्ने भएको छ’ प्रवन्ध सञ्चालक अधिकारीले भने । बुटवल उपमहानगरपालिकाबाट पाल्पाको तिनाउँ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केवलकारको वटम स्टेशन र टप स्टेशनमा पूर्वाधार निर्माण भईरहेको छ । 

    नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनाउने गरि काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले जानकारी गराए ।  ‘केवलकार एउटा पाटो मात्र हो ।’ उनले भने ‘नुवाकोटको आफनै विशेषता र ईतिहास छ, उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।’

    निर्माणकै क्रममा रहेको यो केवलकार गएको दशैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । जसमा हालसम्म ७० हजार भन्दा बढी पर्यटकले केवलकारको यात्रागरी नुवाकोट अवलोकन गरेका छन् । केवलकार निर्माणसंगै नुवाकोटलाई थप पर्यटकीय अकर्षक बनाउने र बटम स्टेशनमा पनि आकर्षक बनाएर सकिएपछि आगामी २०८२ बैशाख १ गते उद्घाटन गर्नेगरी काम भईरहेको प्रवन्ध सञ्चालक अधिकारीले जानकारी गराए। 

    हाल कम्पनीले प्रति यात्रु ३२५ रुपैंया शुल्क निर्धारण गरेको छ । यसलाई थोरै परिमार्जन गरेर ३५० रुपैंया बनाउन लागिएको पनि कम्पनीले जनाएको छ । यो केवलकारमा ५ वटा संस्थागत सहित २२७ जना प्रमोटर शेयर सदस्य रहेका छन् ।

    यो केवलकारको दुरी २ किलोमिटरको रहेको छ । जसमा २५ वटा गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा ८ जना यात्रु क्षमता रहेको छ । बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ९ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ भने अहिले ४८ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology