Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुक्तिनाथधाममा हरिबोधनी एकादशी : अखण्ड संकृतन महासत्संग तथा महापुजा

मुक्तिनाथधाममा हरिबोधनी एकादशी : अखण्ड संकृतन महासत्संग तथा महापुजा

  • 1.6K
    SHARES

  • मुक्तिनाथधाममा हरिबोधनी एकादशी : अखण्ड संकृतन महासत्संग तथा महापुजा

    बुटवल,कार्तिक २७ ।

    बुटवल  १२  नयागाउमा रहेको स्वामिनारायण मुक्तिनाथधाममा हरिबोधनी एकादशीमा अखण्ड संकृतन महासत्संग तथा महापुजा भएको छ ।

    धाममा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले धर्मले मानिसलाइ सहि मार्गमा लैजाने बताउनुभयो ।

    सो अवसरमा प्रवचन दिदै धामका प्रमुख संरक्षक लोकानन्द स्वामिले धामको थप बिकासका लागि माघमा महायज्ञ आयोजना गरिएको बताउनुभयो ।उहाले दान,धर्म  सेवाका कारण मानिसको मुक्ति हुने उल्लेख गर्नुभयो । IMG_1891.jpeg

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न १२ वडा अध्यक्ष डिल्लिप्रसाद शर्मा आचार्य,होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी,धामका अध्यक्ष बाबुराम महत लगायतले बोल्नुभएको थियो । IMG_1932.jpeg

    धाममा आज दिनभर भजनकृतन,होमन,तुलसी पुजन तथा बिबाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।

    तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology