Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुमन र विकासको ‘उद्घोषण पाठशाला’ लोर्कापण

सुमन र विकासको ‘उद्घोषण पाठशाला’ लोर्कापण

  • 1.4K
    SHARES

  • सुमन र विकासको ‘उद्घोषण पाठशाला’ लोर्कापण

    बुटवल,कार्तिक २५ ।

    रूपन्देहीका चर्चित संचारकर्मी सुमन श्रेष्ठ र विकास गौतमले ‘उद्घोषण पाठशाला’ बजरमा ल्याएका छन् । बुटवलमा बसेर लामो समयदेखि संचारकर्मसँगै उद्घोषण गर्दै आएका श्रेष्ठ र गौतमद्वारा लिखित सो पुस्तक आइतबार एक कार्यक्रमका विच लोर्कापण गरिएको छ । 

    कार्यक्रममा बोल्दै अधिवक्ता तथा लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले बोल्न सकिएन् भने जस्तोसुकै महत्वपूर्ण कुरा पनि प्रभावविहीन हुने बताए ।

    वरिष्ठ पत्रकार खिमानन्द भट्टराईले पनि पुस्तकमा  समेटिएको कुरालाइ पढेर लागु गर्न सके धेरै कुरा सिक्न सकिने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पुस्तकमा भएका कुरा पढेर मानिसमा बोल्ने कलाको विकास गर्न सहयोग पुग्ने खालको रहेको बताए । 

    लेखक सुमन श्रेष्ठले आफूले लामो समयसम्म संचारकर्ममा रहँदा र उद्घोषण गर्दाका अनुभवलाई पुस्तकमा लेखेको बताए । साथै उनले आफुले जानेका कुराहरु अरुलाई पनि बाँडनु पर्छ भनेर पुस्तक लेखेको बताए ।

    अर्का लेखक विकास गौतमले पनि २०६५ देखि आफुहरुले सँगै काम गरेको बताउँदै काम गर्दाका ती अनुभवहरुका आधारमा पुस्तक लेखेको बताए । कार्यक्रममा लेखक सुमन श्रेष्ठका बुबा सत्य रश्मि श्रेष्ठ र विकास गौतमका ससुरा बुबा देविराम पाण्डे लगायतले बाेलेका थिए ।book cover.jfif

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology