Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ निर्धारण

आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ निर्धारण

  • 963
    SHARES

  • आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ निर्धारण

    काठमाडौँ, कात्तिक २२ ।

    बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ निर्धारण गरेको छ ।

    बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।यसै गरी, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपियाँले घटेको छ । बुधबार प्रतितोला २०१५ रुपियाँमा कारोबार भएको चाँदी आज १९६० रुपियाँ कायम गरिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology