Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा माघ २-३ गते स्कुल लेभल टेवल टेनिस प्रतियोगिता

बुटवलमा माघ २-३ गते स्कुल लेभल टेवल टेनिस प्रतियोगिता

  • 3.0K
    SHARES

  • बुटवलमा माघ २-३ गते स्कुल लेभल टेवल टेनिस प्रतियोगिता

    बुटवल,पुस २७-

    बुटवलमा आगामी माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

    बुटवल टेवल टेनिस एकेडेमी बुटवल ११ देविनगरको आयोजनामा हुन लागेको प्रतियोगिता तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

    स्कुल देखि नै खेलाडि उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अन्डर १४ व्याईज सिंगल, अन्डर १८ व्वाईज सिंगल, मेन्स ओपन र ओमेन्स ओपनका खेलहरु सम्पन्न हुनेछन् । देविनगर स्थित एकेडेमीकै कभर्ड हलमा हुने प्रतियोगितामा १ सय ५० टिमको सहभागिता हुने कार्यक्रम संयोजक प्रज्वल श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगितामा ओपन तर्फ प्रथम हुनेले नगद १० हजार, द्धितियले ५ हजार तथा तृतियले २५ सय प्राप्त गर्नेछन् । त्इसैगरी ओमेन्स ओपन तर्फ प्रथमले ५ हजार, द्धितियले २५ सय र तृतियले १५ सय प्राप्त गर्ने आयोजकले जानाकारी दिएको छ ।

    यसैगरी अन्डर व्याईज सिंगल प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय र तृतियले क्रमश नगद २ हजार र १ हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्डर १८ व्वाईज सिंगमा प्रथम हुनेले ४ हजार, द्धितिय हुनेले २ हजार र तृतिय हुनेले १ हजार प्राप्त गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology