Logo बिहिवार, आश्विन १ गते २०८३
images

भाईटीकासंगै सकियो यो बर्षको तिहार

भाईटीकासंगै सकियो यो बर्षको तिहार

  • 2.2K
    SHARES

  • भाईटीकासंगै  सकियो यो बर्षको  तिहार

    बुटवल,कात्तिक १८ ।

    प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइलेदिदीबहिनीबाट टीका लगाएका छन् यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको

    यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गीटीका लगाएर मनाइएको हो IMG_1183.jpeg

     दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ दिदीबहिनीलाईपूजा गर्नाले  अखण्ड सौभाग्य ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्  तोयराज नेपालले जानकारीदिए भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित्मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो

    लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमामार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलकोधाराले छेकेर परम्परा अनुसार आज सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतकाफूलका माला लगाइदिएका छन्

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्गरातो, सेतो, पहेँलो, हरियो नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ

    टीका लगाइदिएपछिदिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने दाजुभाइले पनिदिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology