Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन,२४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन,२४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

  • 2.0K
    SHARES

  • स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन,२४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं,कात्तिक १३ ।

    कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको फाइल झिकाएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ ।

    यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।

    परिसर स्रोतका अनुसार २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको छ । पक्राउ परेकाहरुको विवरण भने प्रहरीले गोप्य राखेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology