Logo बिहिवार, आश्विन १ गते २०८३
images

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतमै मृत भेटिए

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतमै मृत भेटिए

  • 855
    SHARES

  • बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतमै मृत भेटिए

    दाङ,कात्तिक१२ ।

    बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी अर्जुन तिम्सिनाले जानकारी दिए ।

    उनका अनुसार आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् ।शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवाज निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको उनको भनाइ छ ।

    दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए ।गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology