दाङ,कात्तिक १०।
तुलसीपुरको साततलेमा यात्रुबहाक डबल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चालक दाङकोे दंगीशरण गाउँपालिका- ४ बैबाङका २२ बर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपािलका – ६ का १९ सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको हो ।इलाका प्रहरी कार्याय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीका अनुसार दुर्घटनामा तीन आमा छोरा गम्भीर घाइते छन् ।
सल्यानको कपुरकोट गाउँपािलका – ६ की ३१ बर्षीया टीकादेबी वली, उनका १३ बर्षीय छोरा द्धय महेश वली र १० बर्षीय छोरा जीवन वली गम्भीर घाइते छन् । घाइते सबैलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होमका लागि रिफर गरिएको छ ।
राप्ती राजमार्ग अन्तरगत सल्यानवाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबलक्याप बोलेरो तुलसीपुर उपमहानगरपालिका – ३ साततलेमा बिहान करिब ४ बजेतिर दुर्घटानामा परेको थियो । जीप झन्डै तीन सय मिटर तल खसकोे छ। जीपमा कुल पाँच जना सवार थिए ।
घटना लगतै इप्रका प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपागञ्ज रिफर गरिएको इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।दुर्घटनाको कारण खुली सकेको छैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)