नवलपुर,कार्तिक १० ।
नवलपुरमा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार देवचुली ९ विशालटार निवासी २९ बर्षीया मिलन मानन्धरको हत्या भएको हो ।
मानन्धनरलाई देवचुली ९ निवासी ३० बर्षीय अर्जुन नेपालीले धारिलो हतियार प्रहाार गरी हत्या गरेका हुन् । गएराति नेपालीले मानन्धरलाई धारिलो हतियार प्रहार गरी फरार भएको र उनको खोजतलासको क्रममा राति नै कावासोती १६ डण्डाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका मानन्धरको उपचारको क्रममा राति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हत्याको कारण खुल्न नसकेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)