Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुक्तिनाथ लायन्सद्वारा विद्यार्थीलाई न्यानो कपडा बितरण

मुक्तिनाथ लायन्सद्वारा विद्यार्थीलाई न्यानो कपडा बितरण

  • 2.5K
    SHARES

  • मुक्तिनाथ लायन्सद्वारा विद्यार्थीलाई न्यानो कपडा बितरण

    बुटवल,२६ पुस-

    लायन्स क्लब अफ बुटवल मुक्तिनाथले आज एक कार्यक्रमकाबीच गरीब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।

    सामाजिक कार्यमा क्रियाशील  क्लबले बुटवल–१३,बदेलपोखरी स्थित श्री जितेश्वरी माध्यमिक बिद्यालयमा पुगेर आर्थिक अवस्था कमजोर रहेका ४२ जना विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेको हो ।

    बिद्यालयका केहि छात्रछात्राहरुको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेको जानकारी सहित बिद्यालयवाट प्राप्त अनुरोध बमोजिम जाडो मौसममा बालबालिकाहरुलाई आवश्यक स्वीटर सहयोग गरिएको क्लबले जनाएको छ ।

    लायन्स अन्तरास्ट्रियका संस्थापक मेल्बिन जोनको जन्मजयन्ती सप्ताहव्यापी रुपमा मनाउने क्रममा सो कार्यक्रम भएको हाे ।

    लायन्स क्लब अफ बुटवल मुक्तिनाथका सदस्य इश्वर घिमिरेको सौजन्यमा कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी गराउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि लायन्सका पुर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठले मुक्तिनाथ लायन्स क्लब यो क्षेत्रको उदारणीय क्लब भएको बताउदै बिगत देखि आजसम्मका कामहरु नियाल्दा क्लब  अति सक्रिय देखिएको बताउनुभयो ।

    क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन चेयरपर्सन गणेशप्रसाद भट्टराई, बिद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवाली,क्लबका पुर्व अध्यक्ष रिखिराम भट्टराई ,कार्यक्रम संयोजक इश्वर घिमिरे लगायतले बोलेका  थिए ।

    कार्यक्रमको संचालन सचिब गाेबिन्द बन्जाडेले गरेका  थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology