Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रवि र छविलाललाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियाे

रवि र छविलाललाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियाे

  • 1.7K
    SHARES

  • रवि र छविलाललाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियाे

    पाेखरा,कात्तिक ८ ।

    पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछाने र जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट म्याद थपका लागि अदालत ल्याइएको हो ।

    कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई आइतबार अदालतले छ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको म्याद बुधबार सकिएको छ । असोज ६ गते पक्राउ पर्नुभएका जोशीको म्याद पनि बुधबारै सकिएको छ ।

    गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक उहाँहरु दुवैलाई एकैसाथ अदालतमा उपस्थित गराइएको हो । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रकम अवैधानिक रुपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवदेनले देखाएका छन् ।

    कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियोले दुवै जनामाथि अनुसन्धान जारी रहेको र आज अदालतमा म्याद थपका लागि लगिएको उल्लेख गर्नुभयो । यसअघि भएको बयानमा लामिछानेले आफूले पोखराको सहकारीबाट ऋण नलिएको दाबी गर्नुभएको छ ।

    सहकारीबारे संसदीय समितिको सिफारिसबमोजिम छानबिन गर्न लामिछाने र जोशीलाई पक्राउ गरिएको हो । लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारी पीडित दुवैले प्रदर्शन गरिरहेकाले अहिले पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, कार्तिक ८ २०८१०२:१२:२३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology