Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सहकारी ठगी प्रकणमा रवि लामिछाने पक्राउ

सहकारी ठगी प्रकणमा रवि लामिछाने पक्राउ

  • 1.4K
    SHARES

  • सहकारी ठगी प्रकणमा रवि लामिछाने पक्राउ

    काठमाडौँ ,कार्तिक १ ।

    सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाटआज साँझ पक्राउ गरिएको छ।

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउकोअनुमति लिइएको केही घण्टामै प्रहरीको सिआइबीले उनलाई काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउगरेको हो।

    उनलाई आजै पोखरा लैजाने तयारी गरिएको छ। पोखराको सूर्यदर्शनसमेतका सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खामिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम लामिछानेले परिचालन गरेको पाइएको छ। 

    गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेकोसंसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो। सोही आधारमा कारबाही सिफारिससमेत गरिएकोथियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology