Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल १२ स्थित नवदुर्गा मन्दिरमा फूलपाती बिर्सजन तथा सराँय नाच प्रदर्शन

बुटवल १२ स्थित नवदुर्गा मन्दिरमा फूलपाती बिर्सजन तथा सराँय नाच प्रदर्शन

  • 1.4K
    SHARES

  • बुटवल १२ स्थित नवदुर्गा मन्दिरमा फूलपाती बिर्सजन तथा सराँय नाच प्रदर्शन

    बुटवल,कार्तिक १ ।

    पहाडी क्षेत्रमा दशैंपछि नाचिने परम्परागत सरायँ नाच बुटवल उपमहानगरपालिका १२ नयागाउँमा यसपटक पनि प्रदर्शन गरिएको छ ।  सो क्षेत्रकै सबैभन्दा पुरानो नवदुर्गा भवानीको मन्दिरमा पनि सराँय नाचं देखाईएको मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष तुलसीराम भण्डारीले बताउनुभयो ।

    नवदुर्गा भवानीको मन्दिरमा २०७५ सालदेखि सराँय नाचं देखाउन शुरु गरिएको अध्यक्ष तुलसीराम भण्डारीले बताउनुभयो ।सरायँ खेल्दा तरबार, खुकुरी आदि परम्परागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एक आपसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने गरिन्छ ।IMG_0107.jpeg

    सराँय हेर्नका लागि मानिसहरुको बाक्लो भीड लागेको सराय संयोजक कमल अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा सहसंयोजक मिना जिसी वडा कावा अध्यक्ष गंगादत्त पौडेल मुक्तिनाथधाम अध्यक्ष बाबुराम महत, धामका पुर्व अध्यक्ष  धर्मराज शर्मा आचार्य लगायतले बोल्नुभएको थियो ।

    वडाका बिभिन्न स्थानको परिक्रमा गर्दै तिनाउमा फुलपाति बिसर्जन गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology