बुटवल,पुस २६ ।
बुटवल –८ सुख्खानगरमा वृन्दा फार्मेसीले सेवा शुभारम्भ गरेको छ । त्रिभूवन पथ तिनाउ हस्पीटल अगाडी संचालनमा आएको उक्त फार्मेसीले आईतवारदेखि सेवा संचालन गरेको हो ।
फार्मेसीका संचालक फर्मासिस्ट कल्पना पौडेलले गुणस्तरीय औषधी उपलव्ध गराउने उदेश्यले फार्मेसी संचालन गरेको बताईन । ‘निकट भविष्यमा क्लिनिक पनि संचालन गर्देछौ ।’
उनले भनिन– वालरोग विशेषज्ञ, छालारोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ सेवा प्रदान गर्ने योजना छौं ।’ फार्मेसीले अनलाईन डेलिभरी सेवा समेत शुरु गरिसकेको छ ।
पछिल्लो समय बुटवलमा स्वास्थ्य सम्वन्धी प्रतिष्ठान संस्थाहरु खुल्नेक्रम बढेको छ । अस्पताल, क्लिनिक, फार्मेसी, ल्यावहरु धमाधम खुल्नेक्रम बढेको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)