Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति पौडेलले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति पौडेलले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

  • 864
    SHARES

  • राष्ट्रपति पौडेलले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

    काठमाडौँ,असोज २२ ।

    । यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । असोज २६ गते शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् ।

    पन्थीका अनुसार अपराह्न ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।

    त्यसपछि अपराह्न ३:३० बजे देखि ५:०० बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई पनि राष्ट्रपतिले टीका लगाइदिनेछन् । टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन भनिएको छ । टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology