बुटवल,असोज २२ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिको आयोजनामा हुन लागेको प्रथम इन्टर बैंक फुटसल प्रतियोगिताका लागि प्रायोजन गर्ने संघ संस्था र आयोजकका बिचमा हस्ताक्षर एवं सम्झौता साटासाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंक भैरहवामा आयोजित एक कार्यक्रमका बिच सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम भएको हो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदीले कर्मचारी संघले आयोजना गर्न लागेको कार्यक्रमको सफलताको कामना गर्नुभयो । उहाँले यस प्रकारका कार्यक्रमले कर्मचारीबिचमा आपसी एकता र सम्बन्ध प्रगाढ बन्ने बताउनुभयो । सो अवसरमा मुख्य प्रायोजक साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका चिफ म्यानेजर यशोधन पान्डेले सहकार्यका लागि बैंक सधै साथमा रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष एवं कार्यक्रम संयोजक पदमराज भुसालले आफुहरुले पहिलो पटक कार्यक्रम आयोजना गर्न लागेको बताउदै सहकार्य गर्ने सबैलाइ धन्यबाद दिनुभयो ।

कार्यक्रममा सिटीजन्स बैंकका प्रदेश प्रमुख हरि घिमिरे ,एनआइसी एसिया बैंकका प्रदेश प्रमुख तिलक सुन्दर कार्की ,प्रभु बैंकका प्रदेश प्रमुख शुभाष कुवर,मिडिया पार्टनर बुद्ध सामुदायिक टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली लगायतले बोल्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।

कर्मचारी संघले कार्तिक २३ देखि २४ गतेसम्म प्रथम इन्टर बैंक फुटसल प्रतियोगिता गर्दैछ ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)