Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फूलपातीमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौं–भैरहवा उडान गर्ने 

फूलपातीमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौं–भैरहवा उडान गर्ने 

  • 1.6K
    SHARES

  • फूलपातीमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौं–भैरहवा उडान गर्ने 

    बुटवल,असोज २१ ।

    नेपाल वायुसेवा निगमले आगामी २४ गते फूलपातीका दिन काठमाडौंबाट भैरहवा न्यारोबडी जहाज उडान गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा निगमले यो उडान गर्न लागेको हो।काठमाडौं–भैरहवाको भाडा ७ हजार छ भने भैरहवा–काठमाडौंको भाडा ३ हजार ८९० रूपैयाँ छ।

    यसअघि पर्यटनमन्त्री बद्री पाण्डेले वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरू बाढी पहिरोले क्षतिग्रस्त भएकाले यात्रु आवतजावतका लागि सहज गरिदिन वायुसेवा कम्पनीलाई अनुरोध समेत गरेका थिए।

    निगमले सोमबार विज्ञप्ति जारी गर्दै २४ गते काठमाडौं–भैरहवा बिहान ११ बजे र भैरहवा–काठमाडौं १२:३० बजे उडान गर्ने जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology