Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कपिलबस्तुमा ७२ औं दधि जयन्ती सम्पन्न

कपिलबस्तुमा ७२ औं दधि जयन्ती सम्पन्न

  • 2.1K
    SHARES

  • कपिलबस्तुमा ७२ औं दधि जयन्ती सम्पन्न

    सुशील अर्याल `अनुराग´ /बुटवल,असोज १९ ।

    दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा  ७२ औं दधि जयन्ती, सातौ साधारण सभा, कृति विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । `कला, साहित्य हाम्रो स्वाभिमान, संस्कृति जगेर्ना हाम्रो अभियान´ भन्ने मुल नारालाइ आत्मसात गर्दै आज  वाणगङगा नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि वाणगङगा नगर प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीले हामी सबै सक्षम छौँ, हामिभित्र साहित्यको रश्मि रहेकोले त्यसलाइ उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहित्य समाजको ऐना हो । त्यसैले  हरेक साहित्यकारले व्यक्ति, समाज र राष्ट्रको यथार्थलाई साहित्य मार्फत उजागर गर्नुपर्नेमा जोड  दिनुभयो ।
     
    यस्तै वरिष्ठ साहित्यकार हरिराज शर्माले साहित्य, संगीत र कला एक अर्काका पर्याय हुन् भन्ने कुरा कसैले भुल्नु नहुने बताउनु भयो । उहाँले आफुले साहित्यिक संस्थालाई गर्नुपर्ने सबै सहयोग गर्न तत्पर रहेको र नेपाली साहित्यको जगेर्ना गर्न सबै आ आफ्नो स्थानबाट लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।

    वरिष्ठ साहित्यकार तथा संस्थाका सल्लाहकार मोहन ज्ञवालीले नेपाली साहित्य,भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै अगाडी बढ्ने श्रष्टाका लागि प्रोत्साहन स्वरुप पुरस्कार स्थापनार्थ  ५१ हजार ५ सयको अक्षयकोष खडा गर्नुभएको छ । 

    कार्यक्रममा संस्थाका सचिव सुशील अर्यालले आर्थिक बर्ष २०८०/०८१ को प्रगती प्रतीवेदन तथा संस्थाका कोषाध्यक्ष बाबुराम भण्डारिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
    यस्तै गरि कार्यक्रममा संस्थाका अध्यक्ष लेखनाथ घिमिरे `संयोग´को सपना, विपना र संघर्षका पाईलाहरु आत्म वृत्तान्त कृति बिमोचन गरिएको थियो ।

    घिमिरेको कृतिको समलोचना वाणगङगा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डे र बरिष्ठ साहित्यकार सुर्य प्रसाद भुषालले गर्नु भएको थियो भने कार्यक्रममा पशुपतिमणि त्रिपाठि , पवन अधिकारी, डिल्लीराम भट्टराई, लक्ष्मण आचार्य, राधा पाण्डे,पवित्रा बेल्बासे, विजय पङेनी लगाएत दर्जन बढी साहित्यकारहरूले रचना बाचन गरेका थिए । 
    कार्यक्रममा वरिष्ठ साहित्यकार ऋषिकेशव भारद्वाज, धातानन्द भुषाल, मोहन ज्ञावाली लगायतले साहित्यमा छन्द आवश्यक रहने हुनाले श्रष्टाहरुले आफ्ना सिर्जनामा छन्दलाइ विशेष जोड दिनुपर्ने बताउनु भएको थियो । 
    संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, सचीव सुशील अर्याल अनुरागको स्वागत मन्तव्य  रहेको कार्यक्रम उपाध्यक्ष दुर्गाप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आश्विन १९ २०८१०७:३८:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology