बुटवल,असोज १९ ।
बुटबल ११ स्थित देविनगर सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । बडादशैँको सन्दर्भलाइ ध्यानमा राखेर शनिबार बिहान ३ घण्टा बुटवलको देवीनगर देवसिद्ध चोकदेखि चौपारीसम्म सरसफाइ गरिएको हो ।
सस्थाका अध्यक्ष भुमिश्वर खत्रीले सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान गरिएको बताउनुभयो । उहाले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

बुटबल उप महापालिकाका उप निर्देशक दामोदर ज्ञवालीले बुटवललाइ पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्न गत आर्थिक बर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु थालिएको र सहकारीले राम्रो अभियान चलाएको बताउनुभयो ।
कार्यक्रममा बुटवल ११ का कार्यबाहक अध्यक्ष युवराज रानाले सरसफाइ अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था लाग्नुपर्ने बताउनुभयो । संस्थाका सह सचिब तथा शिक्षा समितिका संयोजक भगवती ज्ञवाली पन्थीको स्वागत र संचालन संस्थाका सचिब सुरेश पौडेलले गर्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)